कार्तिक
९, काठमाडौँ । आज बिहीबार आईसीसी एकदिवसीय विश्वकपको पाँचौँ चरणको अन्तिम खेल खेलिँदैछ
। आजको यस खेलमा एकदिवसीय विश्वकपको पूर्वविजेता श्रीलङ्का र इङ्गल्यान्डबिच
भिडन्त हुनेछ । नेपाली समयअनुसार दिउँसो २:१५ बजे बेंगलौरको एम. चिन्नस्वामी
स्टेडियममा खेल सुरु हुनेछ ।
हालसम्म जारी
विश्वकपमा चार खेल खेलिसकेका यी दुवै टोलीले एक—एक जित मात्र हात पार्न सकेका छन् ।
तीन—तीन
खेलमा यी दुवै टोली पराजित भइसकेका छन् । इङ्गल्यान्ड दुई अङ्कसहित तालिकाको आठौँ स्थानमा च भने र समान अङ्क बटुलेको श्रीलङ्का नेट
रन रेटका आधारमा सातौँ रहेको छ ।
- न्युज बहार संवाददाता