साउन ६, काठमाडौँ । शुक्रबार राति भएको ग्लोबः
टी२० क्यानडा क्रिकेट अन्तर्गत नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्र
सिंह ऐरिको टिम एक आपसमा भिडेका थिए । उक्त प्रतिस्पर्धामा दुवैले सम्झनलायक
प्रदर्शन पनि गरेका छन ।
खेल भने
दीपेन्द्र सम्मिलित टिमले जिते पनि खेलमा सन्दीपले दीपेन्द्रलाई आउट गरेका थिए । सन्दीपले
आफ्नो टिमका लागी २ विकेट लिएका थीए।
यता पहिलो पटक विदेशी लिग
खेलिरहेका दीपेन्द्रले भने मोन्ट्रियल टाइगर्सको जितमा आफ्नो तर्फबाट २८ रन योगदान
गरेका छन ।
क्यानडाको ब्राम्पटनस्थित सीएए सेन्टरमा भएको खेलमा मोन्ट्रिलए टाइगर्सले सन्दीप सम्मिलित सर्रे जागुएर्सलाई ५ विकेटले हराएर विजयी सुरुवात गरेको छ ।
सर्रेले दिएको १३७ रनको लक्ष्य मोन्ट्रिएलले १८.३ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको थियो ।
- न्युज बहार संवाददाता