Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जन्मदिनमा काटिएको केक खाँदा बालिकाको मृत्यु

  •   २ वर्ष अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ । बर्थडेको केक खाँदा एक बालिकाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । छिमेकी राष्ट्र भारतको पञ्जाब शहरको पटियालामा जन्मदिनमा काटेको केकले १० वर्षीया बालिकाको  ज्यान नै गएको हो । अनलाइन मार्फत जन्मदिनको केक अर्डर गरिएको थियो । 

जन्मदिनमा काटिएको केक खाएका परिवारका अन्य चार सदस्यको स्वास्थ्य पनि बिग्रिएको छ । मार्च २४ मा  १० वर्षीय मानवीको जन्मदिन थियो । आफ्नो बेलुकी ६ बजे एक कम्पनीबाट अनलाइन केक अर्डर गरिएको र केक बेलुकी साढे ६ बजे घरमै आइपुगेको थियो । उक्त चकलेट केक ‘केक कान्हा’ कम्पनिबाट अर्डर गरिएको थियो। 

केक खाए लगतै मानवि र उनका परिवारका सदस्यको स्वास्थ्य बिग्रन थालेको बताइएको छ । राति १० बजेसम्म सबै परिवार बिरामी परेका थिए । त्यसलगत्तै केक खाएका दुबै दिदीबहिनीलाई बान्ता हुन थालेको थियो ।  अत्यधिक तिर्खा र मुख सुख्खा भएको गुनासो गर्दै मानवीले पानी मागेकी थिइन् । त्यसपछि उनी सुत्न गइन्।

बिहान उठ्दा उनको शव चिसो अवस्थामा रहेको र बालिकाको मृत्यु भइसकेको जनाइएको छ । उनलाई सोही अवस्थामा तुरून्त अस्पताल पुर्याइएता चिकित्सकले मानवीलाई मृत घोषणा गरेका थिए।

यो घटना पछी प्रहरीले यतिबेला परिवारको उजुरीमा केक पसलका मालिकविरुद्ध मुद्दा दर्ता गरिसकेको छ । आईपीसीको धारा २७३ र ३०४ एअन्तर्गत बेकरी पसल मालिक विरुद्ध मुद्दा दर्ता गरिएको छ।

  • न्युज बहार संवाददाता

थप