चैत ४, काठमाडौँ
। अप्रिल १९ देखि जुन १ सम्म छिमेकी राष्ट्र भारतमा आम निर्वाचन हुदैँ
छ । देशमा आम निर्वाचन अप्रिल १९ देखि सात चरणमा हुने भारतको निर्वाचन आयोगले जनाएको
छ ।
पत्रकार
सम्मेलनमा जुन १ गतेसम्म हुने निर्वाचनको सम्पूर्ण कार्यतालिका घोषणा भारतका मुख्य
निर्वाचन आयुक्त राजिव कुमारले गरेका हुन् ।
भारतको आम
निर्वाचनमा दक्षिण एशियाली देशका १० लाखभन्दा बढी मतदान केन्द्रमा करिब ९७ करोड
मानिसले मतदान गर्ने अपेक्षा गरिएको छ ।
- न्युज बहार संवाददाता