फागुन ९, काठमाडौं । नेपालले गत साउनदेखि
पुस मशान्तसम्म ५ लाख ७८ हजार ८४१ किलो छुर्पी अमेरिकामा निर्यात गरेको छ । कृषि
तथा पशुपन्छी विकास मन्त्रालयले निर्यात गरिएको छुर्फीको मूल्य एक अर्ब १४ करोड
रुपैयाँ रहेको बताएको छ ।
नेपालमा उत्पादन भएको नेपाली छुर्पीको बजार यतिमा मात्रै सीमित छैन । मन्त्रालयका अनुसार साउनदेखि पुससम्म नेपालले एक अर्ब ३४ करोड ७१ लाख ७७ हजार रुपैयाँको छुर्पी निर्यात विभिन्न देशहरुमा गरिसकेको छ। छुर्पी उत्पादन गर्ने नेपाली व्यवसायीले जापान, क्यानडा, बेलायत, सिंगापुर, हङकङ, ब्राजिल, कोरियासहित २४ देशमा छुर्पी बिक्री गरिरहेका छन् ।
दैनिक उपभोग्य सामान सबै जसो आयात गर्ने नेपालले छुर्पीको निर्यात यती गर्छ भन्दा अच्चम लाग्छ तर यो सत्य हो । तरकारी फलफुल खाद्यान्न सबै आयात गरेर खाने नेपालले ५ वर्षअघिसम्म धेरै कम मात्रामा छुर्पी निर्यात गर्थ्यो ५ वर्ष पहिले बल्ल बल्ल ८५ करोड हाराहारीको छुर्पी बेच्ने गरेको नेपालले अहिले ६ महिनामै डेढ अर्ब भन्दा बढीको छुर्पी बिक्री गर्न सक्ने क्षमतामा पुग्नु राम्रो भएको ब्यवसायीहरु बताउँछन् । एउटै मुलुकमा ६ महिनामै एक अर्ब हाराहारीको छुर्पी निर्यात गर्न सक्ने अवस्थामा एकदमै राम्रो र तारिफ योग्य रहेको व्यवसायीहरुले बताएका छन ।