Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जोर्डन र सिरियाको सीमा नजिकै रहेको अमेरिकी सैन्य बेसमा ड्रोन हमला, तिन जनाको मृत्यु

  •   ३ वर्ष अघि | १५ माघ २०८०, सोमवार

माघ १५, काठमाडौँ । जोर्डन र सिरियाको सीमा नजिकै रहेको अमेरिकी सैन्य बेसमा ड्रोन हमला भएकोछ ।  उक्त सैन्य बेसमा भएको ड्रोन हमलामा कम्तीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने दर्जनौँ सैनिक घाइते भएका छन् ।

इरान समर्थित चरमपन्थी समूहले यो आक्रमण गरेको दाबी गर्दै ‘आफूहरूले यसको जवाफ दिने’ अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका हुन् । हमासले गत अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि मध्यपूर्वमा अमेरिकी सैनिक मारिएको यो पहिलो घटना हो ।

यता जोर्डनले यो हमला आफ्नो देशभित्र नभएर सिरियामा भएको बताएको छ । यसअघि पनि यो क्षेत्रमा ड्रोन हमलाहरू हुने गरेका थिए । यो हमला कसले गर्‍यो भन्ने हालसम्म खुलेको छैन ।

  • न्युज बहार संवाददाता

थप