Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मलेसियामा चार्टर्ड विमान दुर्घटना, १० जनाको मृत्यु ।

  •   ३ वर्ष अघि | १ भदौ २०८०, शुक्रबार

भदौ १, काठमाडौँ । मलेसियामा चार्टर्ड विमान दुर्घटना भएको छ । उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ।

बिहीबार सेलांगोरका लागि क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको हो।

२ चालक दलका  सदस्य र ६ यात्रु रहेको विमान दुर्घटना भएपछि सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किन पुगेको थियो।

यस दुर्घटनामा परि मोटरसाइकल र कारमा सवार  २ जना विमानमा रहेका ८ जना गरी १० जनाको मृत्यु भएको  सिएनएनले जनाएको छ।

दुर्घटनाको अनुसन्धान मलेसियाको यातायात मन्त्रालयको नेतृत्वमा हुने बताइएको छ। यातायात मन्त्री एन्थोनी लोकले अनुसन्धान जारी रहेको सिएनएनलाई जानकारी दिएका छन् ।

  • न्युज बहार संवाददाता

थप