Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सन्दिप लामिछानेलाई आजै युएई पठाउने तयारी गर्दै क्यान ।

सन्दीपको भिजा पनि आइसकेको छ।

  •   ४ वर्ष अघि | १७ फाल्गुन २०७९, बुधबार

फागुन १७, काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई आजै युएई पठाउने तयारी नेपाल क्रिकेट संघ क्यानले गरेको छ । क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखला खेलिरहेका एक नेपाली खेलाडी घाइते भएकाले उनको ठाउँमा खेल्नको लागी सन्दीपलाई आजै युएई पठाउने तयारी गरिरहेको जानकारी दिएका छन ।

दुर्गा पाठकका अनुसार सन्दीपको भिजा पनि आइसकेको छ। उनले भने ‘भिजा आइसकेको छ,एक जना खेलाडी घाइते पनि हुनु भएको छ त्यसैले हामीले प्रतिस्थापन मागेका छौं,’ ‘त्यहाँको आधिकारिक व्यक्तिबाट जानकारी आएपछि हामीले घाइते खेलाडीको नामसहित जानकारी दिनेछौं।’ सन्दीप टिमको अन्तिम १६ मा रहेको र अदालतले उनलाई विदेश जाने अनुमति पनि दिइसकेको कारणले उनलाई सिरिजका लागि यूएई पठाउन लागिएको पाठकले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप