फागुन २, काठमाडौं । (बीबीसी) ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन को दिल्लीस्थित कार्यालयमा भारतको आन्तरिक राजस्व कार्यालयले छापा मारेको छ ।
आजतकले स्रोतलाई उद्धृत गर्दै छापामारीमा ६० देखि ७० जना आयकर विभागको टोली संलग्न रहेको जानकारी दिएको छ ।
भारतीय सञ्चार माध्यम अनुसार त्यहाँ बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको मोबाइल फोनसमेत कब्जामा लिइएको जनाइएको छ र उनीहरुलाई कार्यालय छोडेर घर जान भनिएको जानकारी आएको छ भने थप जानकारी आउन बाँकी रहेको छ ।