माघ २७, काठमाडौं । भारतीय अभिनेता प्रभास
गत सातादेखि मिडिया हेडलाइनमा छाईरहेका छन । यतीबेला प्रभास र अभिनेत्री कृति सेननसँगको
इन्गेजमेन्टको खबरले सामाजिक सञ्जाल तताईहेको छ । सबै तिर हल्ला छ कि प्रभास र कृतीको इन्गेजमेन्ट भएको छ । तर यता
प्रभासले भने उनको
स्वास्थ्यलाई लिएर नयाँ खबर दिएका छन । जानकारी अनुसार प्रभास स्वास्थ्य समस्याबाट पीडित भएका
छन् ।
आगामी फिल्मको छायांकन पनि स्थगित गरेका उनी स्वास्थ्यका कारण केही दिन यता
अस्वस्थ रहेको बताईएको छ। प्रभास केही दिनदेखि उच्च ज्वरोबाट ग्रसित छन । उनी उपचार गर्न अस्पताल पनि पुगेका छन । डाक्टरले आराम गर्न र उचित
औषधि सेवन गर्न उनलाई सल्लाह
दिएका छन् । प्रभासले केही दिन बिदा र आराम गर्ने निर्णय चिकित्सकको सल्लाहपछि गरेका छन। उनि पुर्ण रुपमा स्वस्थ भइसकेपछि छिट्टै काममा फर्किने अपेक्षा
राखएको छ ।
यस सँगै माल्दिभ्समा प्रभासले चाँडै
अभिनेत्री कृति सेननसँग इन्गेजमेन्ट गर्ने खबर आगोझैं फैलिएको छ । जब एक फिल्म
समीक्षकले प्रभास र कृति सेनन चाँडै माल्दिभ्समा इन्गेजमेन्ट गर्ने तयारीमा भनेर ट्वीट गरे तब इन्गेजमेन्टको हल्ला त्यतिबेला
सुरु भयो । यो
ट्वीटले इन्टरनेटमा आँधी ल्याएको छ । कृतिलाई प्रभासले साथी मात्र भएको
बताउँदै आइरहेका छन् । यी हल्लाको खण्डन गर्दै प्रभास निकट स्रोतले यस्ता हल्ला काल्पनिक मात्र भएको दाबी गरेको छ
। ‘प्रभास र
कृति दुवै सहकलाकार हुन् र जसले जे पनि सुझाव दिन्छ, विश्वास गर्न सकिंदैन,’ स्रोतले भन्यो ।