Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

टर्कीमा फेरी अर्को शक्तिशालि भुकम्पको धक्का महशुस।

नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको छ ।

  •   ४ वर्ष अघि | ९ फाल्गुन २०७९, मङ्लबार

फागुन ९, काठमाडौं । टर्कीमा फेरि अर्को शक्तिशालि भूकम्पको धक्का महशुस गरिएको छ । देशको दक्षिणी क्षेत्रमा सिरियासँग सीमा जोडिएको स्थानमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको स्रोतले जनाएको छ।

सोमबार राति गएको नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको छ । भूकम्पको प्रभाव सिरियामा पनि परेको अनुमान गरिएको छ । दुई देशमा गरि  नयाँ भुकम्पले ६०० भन्दा धेरै घाइते बनाएको  अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन।

४४ हजारभन्दा धेरैको मृत्यु हुने गरी केही समय अगाडिमात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८  म्याग्निच्युडको शक्तिशालि भूकम्प गएको थियो ।

उक्त शक्तिशालि भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीको स्थिती भयावह बन्दै गएको छ।

भूकम्पले टर्कीमा भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको छ भने ती भग्नावशेषमा मानिसहरू फसिरहेका छन् । उनीहरूको उद्धार कार्य अहिले पनि भइरहेको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन ।

थप