चैत
५, काठमाडौँ । यही आउँदो २०८०
सालको वैशाखमा नेपालमा एसिसी प्रिमियर कप हुने भएको छ। नेपाललाई आयोजनाको जिम्मा एसियन
क्रिकेट काउन्सिलले दिएपछि नेपाल क्रिकेट संघ प्रतियोगिताको तयारीमा
जुटिसकेको छ।
पछिल्लो
समय कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप-२ को दुई त्रिकोणात्मक सिरिज
आयोजना गरेको क्यानले यसपटक भने कीर्तिपुरको त्रिवि मेदान र अन्य एक ठाउँको
मैदानमा एकदिवसीय फर्म्याटमा खेलाइने प्रिमियर कप आयोजना गर्दैछ।
क्यानका
कार्यवाहक सचिव दुर्गाराज पाठकले त्रिवि मैदानसँगै माथिल्लो मूलपानी मैदानमा समेत प्रतियोगिता
सञ्चालन गर्न तयारी गरिरहेको जानकारी दिएका छन।
पाठकले
भने, ‘हामीले
दुबै मैदानमा
चाहिने आवश्यक पूर्वाधारदेखि अन्य तयारी गरिरहेका छौं, १५-२० दिनभित्र सबै तयारी सकि सक्ने लक्ष्य राखेका छौँ।’
उक्त एसिसी
प्रिमियर कप को प्रतियोगिता वैशाख ११ मा सुरू भएर वैशाख २५ मा सकिनेछ।
प्रतियोगितामा नेपालसहित १० राष्ट्रबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा २४ खेल समूह चरण, सेमिफाइनल र फाइनल गरी हुनेछन्।
यस
प्रतियोगितामा विजयी हुने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ भने एसिया कप
पाकिस्तानमा हुने बताइए पनि भारतले पाकिस्तानमा गएर नखेल्ने भनेकाले कुन स्थानमा हुने अझै टुंगो लागेको छैन।
- न्युज बहार संवाददाता