Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अफगानिस्तानमा गयो ६.५ म्याग्निच्युडको भूकम्प, भारत र पाकिस्तानमा पनि भूकम्पको धक्का महसुस।

  •   ४ वर्ष अघि | ८ चैत्र २०७९, बुधबार

चैत ८, काठमाडौं। मंगलबार राति अफगानिस्तानको फैजाबाद केन्द्रविन्दु भएर भूकम्प गएको छ। भुकम्पको कारण पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।

मंगलबार राति ६.५ म्याग्निच्युडको भूकम्प अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर गएको थियो । अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि भूकम्पको कडा झड्का महसुस गरिएको एजेन्सीहरुले बताएका छन् ।

यसैगरी सीएनएनले पाकिस्तानको अब्बोटावाद शहरमा भूकम्पका कारण पहिरो जाँदा बाटो पनि बन्द भएको जनाएको छ ।

६.५ म्याग्निच्युडको भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्ली, राजस्थान, जम्मु कश्मीरका पनि महसुस गरिएको स्रोतले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप