Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शक्तिशाली आँधीका कारण ६५ जनाको मृत्यु

  •   २ वर्ष अघि | २५ भदौ २०८१, मङ्लबार

भदौ २५, काठमाडौँ । भियतनाममा यागी नामक शक्तिशाली आँधी आएको छ । आँधी आएपछि आएको बाढीपहिरोले कम्तिमा ६५ जनाको मृत्यु भएको जनाइएको छ ।

मंगलबार भियतनामको विपद व्यवस्थापन निकायले जारी गरेको सूचना अनुसार मृतकको संख्या ६५ पुगेको र ३९ जना अझै पनि बेपत्ता रहेको जनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार धेरै जनाको मृत्यु बाढी-पहिरोमा परी भएको र आँधिमा परी ७५२ जना घाइते भएको समाचारमा उल्लेख गरिएको छ ।

निकायले मंगलबार आँधीपछि उत्तरी भियतनाममा पर्ने राजधानी हानोईसहित विभिन्न ठाउँमा थप बाढी समेत आउने भन्दै सूचना जारी गरेको छ ।

  • न्युज बहार संवाददाता

थप