Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कन्सर्ट हलमा गोली चलाउँदा ६० जनाको मृत्यु

  •   ३ वर्ष अघि | १० चैत्र २०८०, शनिबार

चैत १०, काठमाडौँ ।  हतियारधारीले रुसको एउटा कन्सर्ट हलमा गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । यस हमलामा १०० जनाभन्दा बढी घाइते समेत भएका छन् ।  रुसी मानव अधिकार आयोगले यसलाई 'आतंकवादी हमला' भनेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको रुसी समाचार एजेन्सीहरुले जानकारी दिएका छन । यस स्थानमा कन्सर्ट हुन लागेको थियो ।  कन्सर्टअघि भेषमा हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्ध गोली चलाउन थालेका बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप