Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शक्तीशाली भुमरीमा परि २६ जनाको मृत्यु।

  •   ४ वर्ष अघि | १२ चैत्र २०७९, आइतवार

चैत १२, अमेरीका । शुक्रबार अमेरिकामा आएको एउटा भूमरीमा परी मिसिसिपी राज्यको सानो सहर नै पुरै तहसनहस भएको छ।

मिसिसिपी र अलाबामा राज्यमा आएको उक्त भूमरीमा परी कम्तीमा २६ जना मानिसले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका जानकारी द न्युयोर्क टाइम्सका दिएको छ।

मिसिसिपी राज्यको रोलिङ फर्कमा शक्तिशाली भूमरीको सबैभन्दा धेरै प्रभाव परेको छ। उक्त सहरमा घरहरू भत्किएर माटोमा मिसिएका छन् भने रूखहरू जरैदेखि उखेलिएका छन्। झन्डै २ हजार मानिस बस्ने त्यस सहमा दशकौंदेखि त्यहाँ बस्दै आएका बासिन्दाहरू घरबारविहीन भएका छन्।

गभर्नरले मिसिसिपीका राज्यमा आपतकालको घोषणा गरेका छन्। भूमरी पीडितलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले संघीय सरकारले चाहिने जति सबै सहयोग गर्ने बताएका छन्।

  • न्युज बहार संवाददाता

थप