असोज १०, काठमाडौँ । एक वैवाहिक समारोहमा आगलागी
हुँदा १०० जनाको मृत्यु भएको छ ।
इराकमा भइरहेको वैवाहिक समारोहमा
एक्कासी आगो लाग्दा एक सय जनाको मृत्यु भएको हो भने १५० जनाभन्दा बढी घाइते भएका
छन ।
मंगलबार
राति स्थानीय समय अनुसार १०ः४५ बजे इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया
जिल्लामा यो घटना भएको हो ।
वैवाहिक समारोहमा के कारण आगलागी
भयो भन्ने खुलेको छैन । यद्यपि पटाका पड्काएपछि आगो लागेको अनुमान गरिएको छ । आगलागी
हुँदा दर्जनौं मानिसहरु विवाहको उत्सवमा रमाइरहेका थिए ।
- न्युज बहार संवाददाता