असोज २१, काठमाडौँ । शनिबार इजरायलमा भएको आतंकवादी हमलामा १० जना नेपालीको मृत्यु भएको छ । प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा १०जना नेपालीको मृत्यु भएको पुष्टी भएको हो ।
यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको इजरायली अधिकारीहरुले बताएका छन।
इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले घाइते भएका १० जना नेपालीको मृत्यु भएको पुष्टी गरेकी छन ।
मृतक १०
जनाको शव नेपाल पठाउने व्यवस्थापन मिलाइएको र बाँकी घाइते तथा बंकरमा लुकेर
बसेकाहरुलाई चाँडोभन्दा चाँडो उद्दार गर्न प्रयासमा रहेको राजदूत कान्ता रिजालले बताएकी छिन ।
- न्युज बहार संवाददाता