Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पोखरावाट कतार उडानका लागी ६ पटक पत्राचार गर्यौँ तर नेपालले चासो दिएन : कतारी राजदूत।

  •   ३ वर्ष अघि | २२ असार २०८०, शुक्रबार

असार २२, काठमाडौँ। नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको उडानका लागि ६ पटक पत्राचार गरिएको भनि नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हेलले बताएका छन्।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा उडानका लागि ६ पटक पत्राचार गरिएको र नेपालको तर्पवाट कुनै अधिकारीले चासो नदिएको बताएका छन।

राजदूत हेलले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगको बिदाइ भेटमा कतार पोखरा विमानस्थलबाट उडानका लागि तयार रहेको बताएका छन।

तिमिल्सिनाले  भने 'मैले पोखराबाट कतार एयरलाइन्सको न्यारोबडी जहाजबाट उडानको व्यवस्था मिलाउनुहोस् भनेर कतारी राजदूत हेललेलाई भनेँ, त्यसको जवाफमा उनले छ पटक नेपाल सरकारलाई पत्राचार गरेको तर नेपाल सरकारले वास्ता नगरेको भन्ने जवाफ दिए।'

  • न्युज बहार संवाददाता

थप