Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल एरलाइन्सको दुई जहाज ग्राउन्डेड, सयौँ यात्रुको यात्रा प्रभावित

  •   ३ वर्ष अघि | २ माघ २०८०, मङ्लबार

माघ २, काठमाडौँ। चार जहाजमध्ये नेपाल वायुसेवा निगम(नेपाल एरलाइन्स)का अन्तर्राष्ट्रिय उडानका दुई जहाज प्राविधिक समस्स्याका कारण ग्राउन्डेड भएका छन् । यसरी दुई जहाज ग्राउन्डेड हुँदा सयौँ यात्रुको यात्रा प्रभावित बन्न पुगेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको दर्ता नम्बर ९एन–एएलजेड ए३३० सिरिजको वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो ।

उनका अनुसार जाहाज हिजो राति दोहा उड्नुपर्ने थियो तर जहाजको उडान रोकियो, रोकिएका यात्रुलाई आज साँझ ७: ४५ बजेको उडानबाट दोहा लैजाने गरी तयारी गरिरहेको छ ।

सकेसम्म पूर्वनिर्धारित उडान रद्द नगर्ने गरी योजना बनाएको बताउँदै उनले भने ‘जहाजहरू ग्राउन्डेड हुँदा उडानहरू केही समय डिले हुने छन्।’

त्यस्तै निगमको एउटा न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । 

  • न्युज बहार संवाददाता

थप