Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

निर्माणाधीन मिनी ग्रेटवालले थप आकर्षक बन्दै तुवाचुङ–जायजुम पदमार्ग

  •   १ वर्ष अघि | २७ माघ २०८१, आइतवार

माघ २७, खोटाङ । खोटाङ जिल्लाको तुवाचुङजायजुममा निर्माण गरिएको पदमार्ग अहिले पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । यो पदमार्ग हलेसी तुवाचुङ नगरपालिका७ मा अवस्थीत छ ।  कङ्क्रिट प्रयोग नगरी यस किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा चुनासुकीको पर्खाल निर्माण गरी पदमार्ग बनाइएको छ जसको लम्बाइ सात सय ३० मिटर लामो रहेको छ । 

यो पदमार्गको निर्माण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा भएको हो । हलेसी तुवाचुङ नगरपालिकाले यस पदमार्गलाई तुवाचुङ मिनी ग्रेटवालनामकरण गरेको छ । तुवाचुङजायजङमा किरात समुदायको सभ्यताको उद्गमस्थल मानिन्छ । याहाँ मिनी ग्रेटवाल नामको पदमार्ग निर्माण गरिएपछी यो स्थान सुन्दर बन्दै गएको छ । 

यो पदमार्ग समुन्द्री सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको छ । भौगोलिक हिसाबले पनि तुवाचुङजायजुम आकर्षक रहेको छ । यहाँबाट हरेक बिहान बेलुका सूर्योदय र सूर्यास्तको दृश्य देख्न सकिन्छ ।

मौसम सफा भएर आकाश खुलेका दिन याहाँबाट उत्तरतिर पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै उच्च हिमाली शृङ्खलाहरु टलक्क चाँदी झैँ टल्किएको देख्न सकिन्छ । यस ऐतिहासिक एवं पर्यटकीय स्थललाई याहाँ निर्माणाधीन मिनी ग्रेटवालले थप आकर्षक बनाएको छ  । 

थप