Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर डाउन।

सर्भरमा समस्या देखिएसँगै अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन ।

  •   ४ वर्ष अघि | ८ फाल्गुन २०७९, सोमवार

फागुन ८, काठमाडौँ । सोमबार दिउँसो करिब १ बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सर्भरमा समस्या देखिएको छ। 

सोमबार दिउँसो विमानस्थलको अध्यागमन विभागको सफ्टवेयरमा सर्भरमा समस्या देखिएसँगै अन्तर्राष्ट्रिय उडान प्रभावित भएको कार्यालयका सूचना अधिकारी गणेश आचार्यले बताएका छन। 

टीआईएका प्रवक्ता टेकनाथ सिटौलाले विमानस्थलको अध्यागमन विभागको सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेको जानकारी दिएका छन । 

उक्त सर्भरमा आएको समस्याले इम्रिग्रेसनको अध्यागमनको डिपाचरको काम रोकिँदा उडानहरू समेत प्रभावित हुन पुगेको जानकारी प्राप्त भएको छ । 

सूचना अधिकारी गणेश आचार्यले भने 'डेढ घण्टादेखि सर्भरमा समस्या आएकाले प्राविधिकहरू बोलाएका छौं', 'मोबाइल डेटा कम्प्युटरमा कनेक्ट गराएर हटस्पटमार्फत भएपनि प्रयास गरिरहेका छौं। अहिले सेवा निकै सुस्त चलिरहेको छ।' 

यता टीआईएका प्रवक्ता टेकनाथ सिटौलाले भने सिंहदरबारबाट सञ्चालित सरकारी सर्भरमा पटक पटक समस्या आइरहेको हुनाले । यसअघि पनि यस्तै समस्या आएको थियो भन्ने जानकारी दिएका छन । अहिले फेरि सोही समस्या दोहोरिएको छ, यसको छिटो समाधानको खोजी जारी रहेको  उनले बताएका छन । 

पछिल्लो केही समय यता अध्यागमनको सर्भरमा यस्तै खालको समस्या पटक-पटक देखिन थालेको छ।

करिब एक महिनाअघि पनि सोही समस्याका कारण उडान प्रभावित भएको थियो।

थप