फागुन ४, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार देखि
पाँचदिन बन्द हुन सक्ने भएको छ । विमानस्थलमा रहेको ‘ट्याक्सी वे'लाई धावनमार्ग अर्थात रनवे सम्म
जोड्ने कामका लागि विमानस्थ चारदेखि पाँचदिन बन्द हुन सक्ने बताइएको छ।
नागरिक
उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार अहिले
धावनमार्गको उत्तरतर्फ एप्रोन (पार्किङ), ह्यांगर (मर्मत केन्द्र) का
साथै समानान्तर ट्याक्सी-वे (विमान गुड्ने बाटो) बनिरहेको छ भने त्यस्तै
दक्षिणतर्फ पनि ट्याक्सी-वे निर्माणको काम भइरहेको छ।
आयोजनाका
प्रमुख इन्जिनियर दिपेन्द्र श्रेष्ठले रन-वे र ट्याक्सी-वे बीचको कनेक्सन जडानको
काम गर्दागर्दै विमानस्थल आंशिक तथा पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने
र यसका लागि अहिलेदेखि नै सूचना दिइएको बताएका छन।
- न्युज बहार संवाददाता