Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

खादामाला नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गर्यो सुचना जारी

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

भदौ २७, काठमाडौँ । हवाई यात्रु तथा उनीहरूका आफन्तलाई लक्षित गरी खादामाला नल्याउन अपिल गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गरेको छ।

 

विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा हवाई यात्रुलाई परिवारका सदस्य तथा आफन्तले बिदाइ स्वरूप खादामाला लगाउने गरिएको छ।

कार्यालयले आज बिहीबार निकालेको अपिलमा भनिएको छ, ‘हवाई यात्रा गर्ने यात्रुले लगाएर आउने खादामाला वा झोलामा बाँधेर ल्याउने खादाले सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षा उपकरणहरूमा गम्भीर क्षति पुर्‍याइरहेको र यसले विमानस्थलको सौन्दर्यतामा पनि नकारात्मक असर पुगेको छ।’

टर्मिनल भवन प्रवेश दौरान सुरक्षा जाँचका समयावधिभर खादामाला प्रयोग नगर्न कार्यालयले आग्रह गरेको छ। यात्रुले आफ्नो खादा माला लैजान चाहेको खण्डमा आफुले बोकेको झोलाभित्र राखेर लैजान सक्ने कार्यालयले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप