Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वसन्त ऋतुको आरम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बृद्धी

  •   १ वर्ष अघि | ३ बैशाख २०८२, बुधबार

बैशाख ३, काठमाडौँ । सगरमाथा क्षेत्रमा वसन्त ऋतुको आरम्भ भएसँगै पर्यटकको चहलपहल बढेको छ ।

सगरमाथा क्षेत्रमा शेर्पा संस्कृतिको सुगन्ध, वरिपरि हिउँका पर्खाल, अनि हिमाली सौन्दर्यको आकर्षक दृश्यले हजारौँ पर्यटकको ध्यान खिच्ने गरेको छ ।

गत महिना १२ हजार तीन जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

यो याम हिमाल आरोहण, ट्रेकिङ तथा हिमाली दृश्यावलोकनको दृष्टिले उपयुक्त भएकाले पर्यटकको आगमन बढेको राष्ट्रिय निकुञ्जका रेन्जर विवेक श्रेष्ठले बताएका छन । रेन्जर श्रेष्ठका अनुसार हिमाल आरोहण तथा दृष्यावलोकनका लागि यो समय उत्तम हुने भएकाले विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम जारी छ ।

यस समयमा सगरमाथासहितका हिमाल सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले यहाँ पर्यटक बढेसँगै हाम्रो व्यस्तता पनि बढेको छ ।

खुम्बु क्षेत्रमा पर्यटकको आवागमन बढेसँगै व्यावसायिक गतिविधि, होटल लजहरूको व्यस्तता पनि बढेको छ ।

अहिले नाम्चे बजारदेखि लुक्लासम्मका होटल पर्यटकले भरिभराउ भएका छन् । मौसम अनुकूल हुँदा दैनिक काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थलबाट सयौँ पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेका छन् ।

  • न्युज बहार संवाददाता

थप