Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भिजिबिलिटी कम भएर रोकिएका आजका आन्तरिक भिजिबिलिटी बढ्दै गएपछी पुन: सुरु

  •   ३ वर्ष अघि | २२ माघ २०८०, सोमवार

माघ २२, काठमाडौँ । आज बिहान काठमाडौँबाट हुने आन्तरिक उडान भिजिबिलिटी कम हुँदा प्रभावित भएका छन् । बिहान नौ बजे भन्दा अगाडीको समयमा भिजिबिलिटी कम भएको र नौ बजेपछी बढ्दै गएकाले अब भने आन्तरिक उडान सुरु गर्ने तयारी भइरहेको छ ।

काठमाडौँ उपत्यकामा आज बिहान लागेको बाक्लो हुस्सु-कुहिरोका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान रोकिएको थियो । आन्तरिक तर्फको उडान रोकिदाँ अन्तर्राष्ट्रिय उडान भने  भइरहेका थिए  ।  बिहान नौ बजेपछि भिजिबिलिटी बढ्दै गएकाले अहिले आन्तरिक उडान सुरु भएको छ । विमानस्थल कार्यालयले स्रोतका अनुसार भिजिबिलिटी १२०० मिटर पुगेपछि आन्तरिक उडान समेत सुरु गर्ने तयारी गरिएको हो ।

एक किलोमिटरभन्दा कम भिजिबिलिटी हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म भिजिबिलिटी हुँदा हुस्सु भन्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप