Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस सिजनामा हेलिकप्टर व्यवसाय कोभिड अघिकै लयमा फर्कियो

  •   ३ वर्ष अघि | १३ कार्तिक २०८०, सोमवार

कार्तिक १३, काठमाडौँ । यस वर्ष हेलिकप्टर व्यवसाय कोभिड अघिकै लयमा फर्कन सफल भएको छ। व्यवसायीहरूको भनाइ अनुसार कोभिडको समय पछी यसपालिको पर्यटक सिजनमा हेलिकप्टर व्यवसाय लयमा पर्किएको हो ।

यतिबेला हेलिकप्टर कम्पनीलाई पर्यटकहरूले यस सिजनमा विभिन्न हिमाल आरोहण तथा अवलोकनका लागि हेलिकप्टर चार्टर गर्ने भएकाले उडानमा भ्याइनभ्याइ परेको छ ।

एयर डाइनेष्टी, अल्टिच्युड, प्रभु, एभरेष्ट, कैलाश, हेलि र सिम्रिक, हेलिकप्टरहरुले यस सिजनमा विशेषगरी आमाडब्लाम, मकालु, अन्नपूर्ण, मनास्लु, लाङटाङ, खुम्बु, अन्नपूर्ण, कञ्चनजंघा लगायतका पर्यटकीय गन्तव्यहरूमा उडान गरिरहेका भरिरहेका छन । 

कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले अक्टोबरको सुरूआतदेखि नै हेलिकप्टर चार्टर उडान सुरू भएको जानकारी दिएका छन । हाल तीनवटा हेलिकप्टर कैलाशसँग उडानमा रहेका छन ।

उनले भने, ' पूर्ण क्षमताअनुसार अक्टोबरदेखि नै उडान भइरहेको छ, कोभिडअघि मात्र अहिलेको जस्तो उडान थियो।’

दैनिक पाँचदेखि ६ घण्टा एउटा हेलिकप्टरले उड्न पाउने व्यवस्था रहेको छ । सोहीअनुसार अहिले प्राय सबै कम्पनिका हेलिकप्टरले दैनिक चार-पाँच वटा उडान गरिरहेका छन ।

  • न्युज बहार संवाददाता

थप