Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पहाडैपहाडको शङ्खला छिचोल्दै काँक्राको चिराजस्तै बगेको तमोर नदी पर्यटकको पर्खाइमा

  •   ३ वर्ष अघि | १५ फाल्गुन २०८०, मङ्लबार

फागुन १५, धनकुटा । सदियौँदेखि धनकुटाको बिच भागबाट तमोर नदी निरन्तर बगिरहेको छ । पहाडैपहाडको शङ्खला छिचोल्दै काँक्राको चिराजस्तै बगेको तमोर नदी हेर्दै मनमोहक र आकर्षक देखिन्छ । यसको दृश्यले मनलाई आनन्दित बनाउँछ । यहाँका अर्को आकर्षण भनेको धनकुटा जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट हुन । तर जिल्लाका स्थानीय तहले पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा (र्याफ्टिङ), फिसिङ, क्याम्पफायर, वनभोजबाहेक तमोर नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा अहिले सम्म पनि प्रयोग गर्न सकेका छैनन् ।

तमोर नदी जिल्लाको छथर सहिदभूमि, जोरपाटी, चौबिसे  गाउँपालिका, साँगुरीगढीसहित धनकुटा नगरपालिका भएर बगेको छ । भेडेटार र तमोर नदी नजिक रहेको नमस्ते झरनामा दैनिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका होटल एशोसिएसन भेडेटारको तथ्याङ्कले जनाएको छ । 

पूर्वकै पर्यटकीय नगरी भेडेटार र नमस्ते झरनाको नजिकै कोशी राजमार्गस्थित धरान–धनकुटा सडकको पहुँचमा रहेको तमोर नदी क्षेत्रमा  भने पर्यटकको आगमन ज्यादै न्यून रहेको छ । धनकुटा नगरपालिका वडा नं १० मूलघाटका होटल व्यवसायी मोहन बान्तावाका अनुसार स्थानीय सरकारले यसको उपयोग गर्ने नीति तथा कार्यक्रम नल्याउँदा अथाह पर्यटनको सम्भावना बोकेको तमोर क्षेत्र पर्यटकविहीन बन्न पुगेको छ ।

होटल व्यवसायी उनले पर्यटकको आवागमनमा वृद्धि नहुँदा व्यवसाय छाड्ने अवस्थामा पुगेको बताएका छन । साँगुरीका अध्यक्ष जितेन्द्र रुम्दाली राईका अनुसार पर्याप्त लगानीको अभाव हुँदा नदीजन्य पर्यटन र यसमा आधारित पर्यटन गतिविधिको सम्भावना त्यसै टरेर गएको हो । 

भारतको जोगवनीबाट चीनको ओलाङ्चुगोला जोड्न अहिले सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्म तमोर करिडोर निर्माणाधीन अवस्थामा रहेको छ । यस करिडोरको पूर्णतासँगै अबका दिनमा तमोर क्षेत्रमा पर्यटकको आवागमन क्रमशः बढ्ने आसा स्थानिय र व्यवसायीहरुले गरेका छन ।

  • न्युज बहार संवाददाता

थप