फागुन २०, पोखरा। आज शनिबार आएको हावाहुरीले फेवातालमा डुंगा
दुर्घटना भएको छ। शनिबार दिउँसो ठुलो हावाहुरी चले पछी भएको डुंगा दुर्घटनामा एक परिवार परेको प्रहरी नायव
उपरीक्षक वेद जोशीले बताए।
प्रहरी नायव उपरीक्षक वेद जोशीले भने ‘हावाहुरिका कारण परिवारसहित चढेको डुंगा पल्टेको हो, सबैको सकुसल उद्धार भयो तर एकजना वृद्ध आमा बेहोस हुनुहुन्छ, उहाँको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै छ।’
उक्त डुंगामा ७ जना सवार थिए। हावाहुरीले सात जना सवार भएको डुंगा सहित अर्को तिन वटा डुंगा पल्टाएको छ र चारवटै डुंगामा सवार सबै जनालाई सकुसल उद्धार गरिएको डीएसपी जोशीले बताएका छन।
- न्युज बहार संवाददाता