Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भैरहवाबाट काठमाडौंका लागि उडेको जहाजमा समस्या आएपछी भैरहवामै फर्कियो।

  •   ४ वर्ष अघि | २५ बैशाख २०८०, सोमवार

बैशाख २५, वुटवल। श्री एयरलाइन्सको भैरहवाबाट काठमाडौंका लागि उडेको जहाजमा समस्या देखिएपछि भैरहवामै फर्काइएको छ। सोमबार बिहान ९:४० मा चालक दलसहित ८१ जना यात्रु लिएर उडेको श्री एयरलाइन्सको ९ एनए एनई जहाज उडेको १० मिनेटमै फर्किएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो।

जहाजको ल्यान्डिङ गियरको इन्डिकेसनमा समस्या देखिएपछि भैरहवा नै फर्काएर सुरक्षति अवतरण गराइएको जानकारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोदसिंह रावतले दिएका छन।

रावतले जहाजलाई आकस्मिक अवतरण गराइएकाले केही समय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रन वे अवरूद्ध भएको थियो र त्याहाँ अवतरणको लागी काठमाडौँवाट गएको यति एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको  थियो।

अहिले भने रनवे खाली गराइसकेको विमानस्थलले जानकारी गराएको छ।

  • न्युज बहार संवाददाता

थप