Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

हिजो ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको जहाज आज बैंकक उड्ने

  •   ३ वर्ष अघि | २४ पुस २०८०, मङ्लबार

काठमाडौँ । सोमबार नेपाल वायुसेवा निगमको काठमाडौँदेखि बैंककका लागि उड्न लागेको जहाज ग्राउन्डेड भएको थियो । प्राविधिक समस्या देखिएपछि सोमबार दिउँसो १५० जना यात्रु लिएर बैंकक उड्न लागेको निगमको एयरबस ३२०, आरए ४०१ नम्बरको जहाजमा ग्राउन्डेड बन्न हन पुगेको हो। उक्त जाहाज आज साढे ११ बजे यात्रुहरु लिएर बैंककका लागि उड्ने छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बोर्डिङ पास भएर यात्रुहरु जहाज चढिसकेको अवस्थामा  जहाज रन वे प्रवेश गर्नै लाग्दा हाइड्रोलिकमा समस्या आएपछि रोकिन पुगेको थियो । उनले दिएको जानकारि अनुसार तत्काल जहाज चेकजाँच गर्दा बन्न नसकेको र विकल्पमा अर्को जहाज समेत नहुँदा बोर्डिङ पास भइसकेका यात्रुहरुलाई हिजो उडाउन सकिएको थिएन ।

निगमले हवाई व्यवस्था नियम अनुसार सम्पूर्ण यात्रुलाई आज होटलमा राखेको थियो भने आज मंगलवार सोही उडानमार्फत बिहानको साढे ११ बजे यात्रुहरुलाई बैंकक पठाइने पौडेलले जनाएका छन । अहिले प्राविधिक टोलीले ग्राउन्डेड भएको जहाज मर्मत गर्दैछ ।

 

  • न्युज बहार संवाददाता

थप