Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मानसरोवरको यात्रा सुरु, रसुवागढीमा चहलपहल बढ्दै

  •   २ वर्ष अघि | ७ जेष्ठ २०८१, सोमवार

जेठ ७, काठमाडौँ । मानसरोवरको यात्रा सुरु भएको छ । चीनमा अवस्थित रहेको भगवान् महादेवको वासस्थान मानिने धार्मिकस्थल कैलाश पर्वत र मानसरोवरको यात्रा सुरु भएको हो । यात्रा सुरु भएसँगै रसुवागढी नाकामा पनि चहलपहल बढेको छ । काठमाडौँबाट त्रिशूली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरूका कारण चहलपहल बढ्न थालेको हो ।

पछिल्लो समय दैनिक औसत ४० जना यात्रुहरू मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले जानकारी दिएका छन । मानसरोवर रसुवागढी नाकाबाट साढे नौ सय किलोमिटर टाढा रहेको छ ।

पछिल्लो समय चिनियाँ नागरिकहरू पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका उनले जनाएका छन । 

  • न्युज बहार संवाददाता

थप