जेठ १३, पोखरा । अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिका क्षेत्र भित्र पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रमा हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय सम्बन्धीत निकायले गरेको छ।
शुक्रबार पोखरामा जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो।
समितिको बैठकले
पोखरा महानगरपालिकालाई सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन् र जमिन पुर्ने काम
तत्काल बन्द गर्न पत्राचार गर्ने र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन
कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता