Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका जहाजलाई उडान नगर्न दियो निर्देशन।

जहाजको इन्जिन सुरक्षा जाँच हुदै।

  •   ४ वर्ष अघि | २६ फाल्गुन २०७९, शुक्रबार

फागुन २६, काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको छ।

आजदेखि इन्जिन सुरक्षा जाँच नसकिएसम्म श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजको इन्जिनका सुरक्षा जाँच र उड्न योग्य भए/नभएको परीक्षण गरेपछि मात्रै उडानका लागि पूनः अनुमति दिने बताएको छ।

जहाजका इन्जिनको सुरक्षा जाँच केही दिनभित्रमा सकिनेछ। त्यसपछि जहाज उड्न योग्य भएको रिपर्ट आएमा मात्र श्री एयरलाइन्सका जहाजले उडान भर्ने अनुमति पाउनेछन्।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अर्को निर्णय नहुन्जेलसम्म श्री एयरलाइन्सका सबै जहाज ग्राउण्डेड गरिएको जानकारी दिएका छन। 

उनले भने ‘जहाजको मेकानिकल र प्राविधिक पार्ट सबै परीक्षण गरेर मात्र उडान योग्य छ भन्ने भएपछि श्री एयरलाइन्सका जहाजलाई उडान अनुमति दिइनेछ, यदी परिक्षणमा उडान योग्य नभेटिए उडानको लागी अनुमाति दिइने छैन’ ‘हिजो श्री एयरलाइन्सको जहाजमा समस्या देखियो अब फेरी अरू जहाजमा यस्ता समस्या नदेखिऊन भन्ने हिसावले श्री एयरलाइन्सका सबै जहाज ग्राउण्डेड गरेर चेक गर्न लागिएको हो।’ श्री एयरलाइन्सका साना-ठूला गरी जम्मा ८ वटा जहाजहरु छन्। जहाजका इन्जिन परीक्षण गरेर उडान योग्य रहेको पाइएमा अर्को निर्णय गरी जहाजलाई उडान अनुमति दिइने सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन।

  • न्युज बहार संवाददाता

थप