साउन २१, मनाङ । मनाङ जिल्लाको तालतलैया, हिमशृङ्खला, हिमालका मनोरम दृश्य र अग्ला तरेली परेका डाँडामा रमाउन हजारौँ पर्यटक आउने गरेका छन । यहाँ आउने पर्यटकहरु विशेषत हिमतालमा रमाउने गरेको पाइन्छ ।
यहाँका छहराका पानी, सफा, स्वच्छ झरनाले पर्यटक मोहित हुने गरेको बताउँछन । उनीहरु हिमनदीबाट झरेर बनेका तालमा रमाउँदै यहाँको मज्जा लिने गरेको बताउँछन।
जिल्ला प्रवेश गर्दा पहिलो दिन तालबस्तीमा देखिएका स्वच्छ झरनाबाट नै उनिहरु अझै याहाँ अरु कति यस्ता राम्रा झरना होलान भनेर लोभीने गरेको बताउँछन् । याहाँ ड्रोना ताल, कजिनसारा ताल, क्लिन लेक, गङ्गापूर्ण ताल, ग्रिन लेक, आइसलेक, ढुकुर पोखरी, पोङ्कर ताल, तिलिचो ताललगायतका तालै तालहरु छन् ।
चामे
गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले यी तालहरुले नै धेरै पर्यटकलाई
आकर्षित गरेको बताए । उनले भने, “यहाँ आउने पर्यटकले विशेषगरी तालले र अन्य दृश्यले आकर्षित
गरेको बताउँछन्, त्यसैले यहाँका
ताल, झरनामा
रमाउन र सहजरूपमा पुग्ने सहज बनाउन लागिपरेका छौँ ।”
- न्युज बहार संवाददाता