फागुन ११, हेटौंडा । करिब दुई वर्षपछि मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र सिमभञ्ज्याङमा बाक्लो हिउँ परेको छ । सिमभञ्ज्याले हिउँ परेसँगै आन्तरिक पर्यटकलाई स्वागत गरेको छ ।
स्थानीय अमित पाख्रिनका अनुसार सिमभञ्ज्याङमा हिउँ परेसँगै चिसोले जनजीवन कष्टकर बनेको छ भने सिमभञ्ज्याङमा हिउँ खेल्न मिल्ने गरी परेको छ ।
हिउँ परेपछि सिमभञ्ज्याङमा मकवानपुरसहित पर्सा, बारा, सर्लाही, रौतहटदेखि चितवनसम्मका पर्यटकहरु याहाँ हिउँ खेल्न र घुम्न आउने गरेका छन् । यस वर्ष वर्षकै पहिलो हिउँ परेकाले सिमभञ्ज्याङ पर्यटकको पखाईमा रहेको छ ।
हल्का वर्षासँगै भएको हिमपातले सो स्थानमा बढेको छ । अहिले भीमफेदी गाउँपालिकाको अघोर बजारदेखि सिमभञ्ज्याङसम्मको डाँडामा लालीगुराँस फुलेर रातो रगमा सजिएको छ । यतिबेला सिमभञ्ज्याङलाई लालिगुराँस र हिउँले प्रकृतिक रुपमा सजाएको छ ।
- न्युज बहार संवाददाता