असार १६, काठमाडौँ । काठमाडौँवाट धनगढीका लागी उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्याका कारण काठमाडौँ फर्किएको छ ।
शनिबार अपरान्ह ३:३३ मा श्री २२५ उडान नम्बरको जहाज काठमाडौँ विमानस्थलबाट धनगढीको लागी उडेको थियो । तर जहाजको हाइड्रोलिक फेल भए पछि काठमाडौँ नै फिर्ता भएको त्रिभुवन विमानस्थल स्रोतले जानकार गराएको छ ।
- न्युज बहार संवाददाता