Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘मुन्धुम ट्रेल भ्रमण वर्ष’ मा रेडपाण्डा र थार महोत्सव आयोजना गरिने

  •   २ वर्ष अघि | १६ मंसिर २०८१, आइतवार

मंसिर १६, काठमाडौँ । आगामी पुस १७ गतेदेखि औपचारिक रूपमा मुन्धुम ट्रेल भ्रमण वर्ष’ सुरु हुदै छ ।  यसकै तयरी सव रुप अहिले विभिन्न कामहरु भइरहेका छन । दिक्तेल जिल्ला रूपाकोट मझुवागढी नगरपालिकाले मुन्धुम ट्रेल भ्रमण वर्ष२०२५का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने जनाएको छ । महोत्सव आयोजना मुख्य उदेश्य नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जङ्गलमा पाइने लोपोन्मुख जनावर रेडपाण्डा र थारको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार मुन्धुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने पर्यटकमार्फत गर्नु हो ।

नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार मुन्धुम ट्रेलसँग जोडिएका वडाका वडाध्यक्ष, सामुदायिक वन महासङ्घ सम्मिलित कार्यदलले महोत्सवका लागि विस्तृत अध्ययन गरी योजना बनाउने र त्यसका आधारमा महोत्सवको समय निर्धारण गरिने छ ।

भट्टराईका अनुसार मुन्धुम ट्रेल भ्रमण वर्ष२०२५ लाई प्रभावकारी र सफल बनाउन स्थानीय तहहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । उनले भने “हामीले भ्रमण वर्षमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर रेडपाण्डा र थार महोत्सव आयोजना गर्ने निर्णय गरेका हौं।”

महोत्सव सफल बनाउन अहिले विशेष तयारी गरिएको छ ।

 

  • न्युज बहार संवाददाता

थप