Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्रीद्वारा भरतपुर विमानस्थल नयाँ टर्मिनल भवनको शिलान्यास।

  •   ४ वर्ष अघि | १६ चैत्र २०७९, बिहिबार

चैत १६, चितवन। आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरेका छन्।

बिहीबार प्रधानमन्त्री दाहालले एक अर्ब ९२ करोड ७० लाख ९८ हजार ९७७ रुपैयाँ बजेटमा बन्न लागेको टर्मिनल भवनको शिलान्यास गरेका हुन्।

केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माणको जिम्मा पाएको छ।

नागरिक उड्डयन प्राधिकरणले १४ कट्ठा जमिनमा ८ हजार वर्गमिटर बढी क्षेत्र ओगटेर २ तल्ले आधुनिक टर्मिनल भवन निर्माण हुने जनाएको छ।

यसको लागी कन्ट्रोल टावर भने ८ तलाको बन्नेछ।

नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माणसँगै विमानस्थल विस्तारको काम पनि अघि बढाउने तयारी गरेको छ।

  • न्युज बहार संवाददाता

थप