साउन २४,
काठमाडौँ । पाकिस्तानस्थित
विश्वकै दोस्रो अग्लो हिमाल 'माउन्ट केटु'को सफल आरोहण गरि फोटो पत्रकार
पूर्णिमा श्रेष्ठ आज बिहान नेपाल आइपुगेकी छिन्। सफल आरोहण गरी आज स्वदेश फकिएकी
उनलाई विमानस्थलमा स्वागत गरिएको छ।
८ हजार ६
सय ११ मिटर अग्लो केटु
हिमालको गत साउन ११ गते पूर्णिमाले
सफलतापूर्वक आरोहण गरेकी थिइन्।
माउन्टेन
किलर भनेर चिनिने चौध वटा अग्ला हिमालमध्ये सबैभन्दा काठिन केटु हिमाल हो । यस अघि नै पूर्णिमाले नेपालमा रहेका ८
हजार मिटर माथिका ७ वटा शिखर आरोहण गर्न सफल भइसकेकी छन ।
- न्युज बहार संवाददाता