Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पोखराको अर्मलाकोट गाउँ, मनै लोभ्याउने परम्परागतरूपमा बनेका घरहरु।

  •   ३ वर्ष अघि | २७ असार २०८०, बुधबार

असार २७, कास्की । तल पोखरा उपत्यका, माथि हिमाल  र त्यसको थुम्कोमा अर्मलाकोट गाउँ । बान्की मिलाएर धेरै ढुङ्गाले छाएको छानो त केही जस्तापाताले छाइएका घरहरु । ढुङ्गाकै बाटो, ढुङ्गाकै गारोले अर्मलाकोट गाउँ पहिचान दिलाएको छ । स्वच्छ हावापानी, शान्त वातावरणले धेरैको मन फुरुङ्ग बनाउँछ । पोखरा महानगरपालिका वडा नम्बर १६ मा पर्ने अर्मलाकोट गाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ ।

पोखरा सहरबाट १२ किलोमिटर टाढा रहेको अर्मलाकोट पछिल्लो समय पर्यटक र पैदलयात्रीहरुको रोजाइमा पर्ने गरेको छ ।

अर्मलाकोट घुम्न पुग्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । आगन्तुकहरुलाई परम्परागतरूपमा बनेका घर, यहाँ बस्ने गुरुङ र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले हृस्य देखीनै स्वागत गरिरहेको छ । गाउँमा विसं २०७५ मा होमस्टे सञ्चालनमा आएपछि छुट्टै रौनक भेटिएको छ ।

अर्मलाकोट गाउँको आकर्षक भनेको गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको ढुङ्गेघरहरु हुन। पर्यटकलाई झनै मोहित बनाउने अर्को भाग भनेको घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृति हुन।

गाउँको ढुङ्गेघरले यहाँ पुग्ने पर्यटक मन लोभ्याएको बताउँने गरेका छन् ।

अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङले पछिल्लो समय अर्मलाकोटमा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको बताएकी छिन । वर्षाको समय भए पनि पर्यटक गाउँ उक्लनेको सङ्ख्यामा कमी नआएको उनी बताउँछिन ।

  • न्युज बहार संवाददाता

थप