चैत १२, पोखरा । फागुपूर्णिमाको अवसर पारेर पोखरास्थित पोखरा
अल्ट्रालाइटले प्रत्येक उडानमा छुटको व्यवस्था गरेको छ।
आइतबारदेखि
मंगलबारसम्म अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि कम्पनीले अधिकतम १५
प्रतिशतसम्म छुट दिइरहेको छ।
पोखरा
अल्ट्रा लाइट साहसिक पर्यटकीय गतिविधिमार्फत् यात्रुले पोखरा सहर, माछापुच्छ्रे, कपुचे ताल, अन्नपूर्ण हिमश्रृङ्खलाको
दृश्यावलोकन गर्न सक्नेछन।
पाइलट र यात्रु गरी दुई जनाको मात्र पोखरा विमानस्थलबाट उडान र
अवतरण हुने उडानमा सहभागिता हुन्छ।
यो सेवा १००
किलोग्राम सम्म वजन भएका यात्रुले लिन सक्ने व्यवस्था रहेको छ ।
- न्युज बहार संवाददाता