Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

इच्छाकामना गाउँपालिकामा सामुदायिक घरबास सञ्चालन

  •   ३ वर्ष अघि | ८ पुस २०८०, आइतवार

पुस ८, मुग्लिन । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । तोक्दाङ ढाप सामुदायिक घरबास पर्यटन प्रवर्द्धनका लागि सञ्चालनमा आएको हो ।

शनिबार घरबासको जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उद्घाटन गर्दै घरबासले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए । उनका अनुसार घरबासमा बस्ने पाहुनालाई यहाँको स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउनुका साथै स्थानीय सांस्कृतिक झाँकीले मनोरञ्जन प्रदान गरिनेछ । पर्यटकीय गन्तव्यको निकै सम्भावना रहेको गाउँपालिका इच्छाकामना हो । उनले जिल्ला समन्वयबाट पर्यटन प्रवर्द्धनका लागि सहयोग हुने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार फिस्लिङबाट इच्छाकामना, उर्दाङगढी हुँदै सौराहा जाने पर्यटकका लागि लक्षित गरी पर्यटन प्रवर्द्धनका लागि घरबास सञ्चालन गरिएको हो ।

इच्छाकामना आमा समूह तोक्दाङको रु १ लाख ९२ हजार, गाउँपालिकाको रु १३ लाख र नेपाल रेडक्रस सोसाइटी इच्छाकामना–३ तोक्दाङ ढापको रु एक लाखको लागतमा भवन निर्माण गरिएको छ । घरबासका लागि आवश्यक बिछ्यौना गाउँपालिकाले उपलब्ध गराएको छ । स्थानीय कृष्णबहादुर गुरुङले भवन निर्माणका लागि जग्गादान गरेका हुन् । 

गाउँपालिकाको योजना अनुसार जिल्लाको सिराइचुली हात्तीवाङ, उपर्दाङगढी, इच्छाकामना मन्दिर, मायाटार जलविरे झरनालागयत पर्यटकीयस्थलमा आउने पर्यटकलाई लक्षित गरी घरबास सञ्चालन गर्न स्थानीयलाई आर्थिक अनुदानसहित तालिमको व्यवस्था गरिने छ । 

  • न्युज बहार संवाददाता

थप