Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अब उडानका दौरान नेपाली वायुसेवा कम्पनीले जहाजमै पसल सञ्चालन गर्न पाउने।

  •   ३ वर्ष अघि | ४ साउन २०८०, बिहिबार

साउन ४, काठमाडौँ । उडानका दौरान अब नेपालका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ‘अनबोर्ड ड्युटी पेड सप’ सञ्चालन गर्न सक्ने भएका छन् ।

उडानका बखत वायुयान भित्र यस्तो पसल सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले अनबोर्ड ड्युटी पेड सप सञ्चालन कार्यविधि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको छ ।

यस कार्यविधि अनुसार अब वायुसेवा कम्पनीहरुले अनुमति लिएर जहाज भित्रै पसल सञ्चालन गर्न सक्ने व्यवस्था गरिनेछ ।

यस कार्यविधि सञ्चालनमा आएपछी , वायुसेवालाई थप सवल, सुदृढ र दीगो बनाउने, वायुसेवाको अतिरिक्त आम्दानी बढ्ने तथा राजस्व संकलन र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने मन्त्रालयले  विश्वास जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप