Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रात्रिकालीन सेवा सुरु।

बुद्ध एयरले रात्रिकालीन उडानको तयारी गरिरहेको छ ।

  •   ४ वर्ष अघि | ११ फाल्गुन २०७९, बिहिबार

फागुन ११, पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले भोलि शुक्रबार देखि रात्रिकालीन सेवा सुरु गर्ने भएको छ।

विमानस्थलले यसअघि बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सेवा दिँदै आएको थियो अब भोली देखी भने रात्रिकालीन सेवा दिन लागेको हो। विमानस्थल प्रमुख भोलिदेखि १८ घण्टा विमानस्थल सञ्चालन गर्न लागिएको बताएका छन । 

विक्रम गौतमले भने ‘भोलिदेखि बिहान ६ बजेदेखि राती १२ बजेसम्म विमानस्थल संचालनमा आउँछ, यसका लागि सबै तयारी पूरा छ, कुन-कुन विमान कम्पनीले कतिबेला उडान भर्ने उहाँहरूको कुरा हो।’

पोखारा अन्तर्राष्ट्रिय विमानस्थलम गत पुस १७ गतेदेखि संचालनमा आएको थियो। विमानस्थलमा उपकरणको सहायताले विमान उडान तथा अवतरण गराउने इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली जडान गरिएको छ। सोही प्रणालीले रात्रिकालीन उडान भर्ने विमानलाई उडान तथा अवतरण गर्न निर्देश गर्ने गौतमले बताएका छन।

बुद्ध एयरले पोखरा विमानस्थलले रात्रिकालीन सेवा दिने भएपछि रात्रिकालीन उडानको तयारी गरिरहेको छ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले अहिले पोखरा–काठमाडौं र काठमाडौं–पोखरा रात्रिकालीन उडानको तयारी भइरहेको बताएका छन ।

दीपेन्द्र कर्णले ‘हामीले पोखराबाट राती ८ बजे काठमाडौं उडान भर्ने योजना बनाएका छौं, भने आवश्यकता अनुसार रात्रिकालीन सेवा थपिन पनि सक्छ।’

थप