फागुन १०, बुटवल । मायादेवी मन्दिरमा लुम्बिनी
विकास कोषले नयां गजुर राखेको छ ।
कोषले पुरानो
गजुर जीर्ण भएर कमजोर हुदै गएपछि स्वयम्भू स्तुपा आकारको नयाँ गजुर राखेको हो ।
गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास
पोङले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
दाता बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्ध भिक्षुबाट पूजा गरेपछि गजुर राखिएको हो । आधुनिक प्रविधि अनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिव ६० लाख लगानी लागेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । नयाँ गजुर राखिएपछि मायादेवी मन्दिर आकर्षक देखिएको छ ।