Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भक्तपुरको नगरकोटमा नेपालकै सबैभन्दा लामो जिपलाइन सञ्चालनमा

  •   ३ वर्ष अघि | २९ मंसिर २०८०, शुक्रबार

मंसिर २९, काठमाडौँ । नेपालकै सबैभन्दा लामो जिपलाइन भक्तपुरको नगरकोटमा सञ्चालनमा आएको छ।

आज शुक्रबार पर्यटनमन्त्री सुदन किरातीले सबैभन्दा लामो जिपलाइन उद्घाटन गरेसँगै चाँगुनारायण नगरपालिका-६ र ७ मा फैलिएको २ हजार २५० मिटर लामो जिपलाइन आजदेखि संञ्चालनमा आएको हो।

उक्त जिपलाइन नगरकोटमा प्रेम बहादुर बस्नेत, केदार थापा लगायतको समूहले सञ्चालन गरेका हुन्।

सञ्चालक थापाले नेपालमा आउने पर्यटकहरूमध्ये ९० प्रतिशत नगरकोट आउने भएकाले उनीहरूलाई लक्षित गरी जिपलाइन सञ्चालनमा ल्याइएको बताएका छन । १५ करोड रूपैयाँभन्दा बढी जिपलाइन बनाउन खर्च भएको सञ्चालकहरुले जनाएका छन । 

पर्यटनमन्त्री सुदन किरातीले उद्घाटनमा पुगेर नगरकोटमा जिपलाइन सञ्चालनमा आएसँगै यसले नेपालको पर्यटन प्रवर्द्धनमा थप योगदान गर्ने बताएका छन।

  • न्युज बहार संवाददाता

थप