Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने

  •   ३ वर्ष अघि | ४ फाल्गुन २०८०, शुक्रबार

फागुन ४, काठमाडौँ । यही फागुन ७ गते नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ।

नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले एयरलाइन्सले यसअघि नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा उडान गर्दै आएकोमा कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्न लागेको जानकारी दिएका छन ।

उनको भनाइ अनुसार यसका लागि सबै तयारी पूरा भइसकेको छ।

उनका अनुसार नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्ज-सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट-सुर्खेत परीक्षण उडान हुनेछ र त्यसपछि सुर्खेत-सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ।

उडान तालिका तयार भइसक्दा पनि अझै भाडा कति निर्धारण गर्ने निर्नय बने भएको छैन ।  

स्थानीय गोर्ख रोकायाले सिमकोट-सुर्खेत हवाई उडान हुने भएपछि हुम्लाबासीलाई सहज हुने बताएका छन ।

जहाजमा सिमकोटबाट नेपालगञ्ज जान ४५ मिनेट र नेपालगञ्बाट सुर्खेत पुग्न चार घन्टा समय लाग्छ ।

  • न्युज बहार संवाददाता

थप