असार १३, काठमाडौँ । भैरहवाबाट भारतको नयाँ दिल्ली सिधा उडान हुने भएको छ। नेपाल वायुसेवा निगम (एनएसी) ले अब भैरहवाबाट नयाँ दिल्ली सिधा उडान सुरु गर्ने भएको छ।
अहिले काठमाडौंदेखि नयाँ दल्ली उडान भरिरहेकोमा अब निगमले गौतमबुद्ध विमानस्थलबाट समेत सिधा उडान भर्ने भएको हो । निगमका प्रवक्ता रमेश पौडेलले गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई हवाईमार्फत नयाँ दिल्लीसँग जोड्ने र धार्मिक पर्यटक भित्र्याउन लक्ष्यसहित भैरहवा–नयाँ दिल्ली उडान शुरु गर्न लागिएको जानकारी दिएका छन ।
उनले अबको १५ दिनभित्र भैरहवा–दिल्ली उडान शुरु हुने समेत बताएका छन।
- न्युज बहार संवाददाता