चैत १४, काठमाडौँ। आज मंगलबार देखि
नेपाल वायुसेवा निगमले मलेसियाका लागि चार्टर्ड उडान सुरू गरेको छ।
निगमले
फरेन एयर अपरेटर सर्टिफिकेट (एफओसी) नवीकरणमा ढिलाई गरेसँगै मलेसियाको नियामक
निकायले नियमित उडानको अनुमति रोकेको छ।
यही कारण निगमले तत्कालको लागि चार्टर्ड उडान
थालेको हो।
प्राधिकरणका
सूचना अधिकारी ज्ञानेन्द्र भुलले नेपाल एयरलाइन्सको नियमित उडान रोकिएपछि
प्राधिकरणले चार्टर्डका लागि अनुमति दिएको बताएका छन।
उनले भने, 'नियमित उडान गर्न नपाएपछि निगमले चार्टर्डका
लागि अनुमति मागेको थियो, यात्रुको सहजताका लागि प्राधिकरणले अनुमति दिएको छ, आजबाटै चार्टर्ड उडान हुदैछ।'
- न्युज बहार संवाददाता